logo
17 Dec 2018   |   
समाज

वडा अध्यक्षहरुले मोटरसाइकल किने, लाइसेन्स छैन



समाज   25 पटक पढिएको   कलमपाटी     
रौतहट २० मंसिर// रौतहटको स्थानिय तहका धेरै जसो वडा अध्यक्षहरुले नागरीकले तिरेको कर बाट मोटरसाइकलहरु किनेका छन । मोटरसाइकल चलाउनै नजान्ने वडा अध्यक्ष भएका वडाले पनि मोटरसाइकल किनेको छ ।



त्यस्ता वडा ले किनेको मोटरसाइकलहरु दुरुपयोग हुदै आएको जनस्तर बाट गुनासो बढेको छ ।

मोटरसाइकलको लाइसेन्स बनाउने उमेर कटेका वडा अध्यक्षहरु पनि छन । उनीहरुले मोटरसाइकल आफन्तलाइ चलाउन दिने गरेको पाइएको छ ।

महगा दामका मोटरसाइकल हरु किनेर जनप्रतिनिधीहरुले नागरीकले तिरेको कर को दुरुपयोग भएको गुनासो बढ्न थालेको छ ।

लाइसेन्स नभएका वडा अध्यक्षहरु ट्राफिक चेकिङ्गमा पर्न थालेका छन । ट्राफिक प्रहरीको चेकिङ्गमा पर्दा लाइसेन्स नभएका वडा अध्यक्षहरुले परीचय पत्र देखाउने गरेका छन ।

लाइसेन्स नभएका व्यक्तिले सवारी साधन चलाएर कुनै दुर्घटना भएर पैदल यात्रुको ज्यान गएका ज्यान मुद्धा समेत लाग्न सक्ने कानुन छ ।

कतिपय ले ट्राफिक चेकिङ्गमा परेको बेला आफु जनप्रतिनिधी रहेको र लाइसेन्सको फारम भरेको बताउने गरेका छन ।

जिल्लाको १६ नगर पालिका र २ गाउपालिकाको धेरै जसो वडा अध्यक्षहरुले मोटरसाइकल खरिद गरेका छन । 

जनप्रतिनिधीको परिचय पत्र ले मोटरसाइकल चलाउन नपाउने ट्राफिक प्रहरीहरु बताउछन ।

चेकिङ्गमा ट्राफिक प्रहरी र जनप्रतिनिधीहरुको वादविवाद समेत हुने गरेको छ ।













2158532 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top