logo
20 Nov 2018   |   
प्रबिधी

रौतहटमा प्रदेश स्तरीय आइटी सम्मेलन



प्रबिधी   127 पटक पढिएको   राकेश यादव     
रौतहट ३ भदौ // कम्प्यूटर एसोसिएसन नेपाल महासंघ रौतहट शाखाले शनिबार चन्द्रनिगाहपुरमा साईबर सुसरक्षा एवं स्मार्टसिटी सम्वन्धि प्रदेश स्तरीय गाष्ठिको आयोजना गरेको छ ।



साईबर सुरक्षा एवं स्मार्टसिटी सम्वन्धि प्रदेश स्तरीय गोष्ठिमा सुचना प्रबिधिको क्षेत्रमा काम गर्ने बिज्ञ, ब्यापारी, कर्मचारी, शिक्षक तथा यस संग सम्बन्धीतको छाता संगठनका प्रतिनिधिहरु सहभागी थिए । क्यान महासंघको २ नम्बर प्रदेश कमिटीको आयोजना तथा क्यान महासंघ रौतहट शाखाको आतिथ्यमा कार्यक्रमको आयोजनाग गरिएको हो । 


अधिकांश नेपालीले अपरेटिङ सिस्टम निशुल्क संचालन गर्ने हुनाले इन्टरनेट मार्फत हुने ह्याकिङले नेपालको साईबर सुरक्षा माथि प्रश्न चिन्ह खडा गरेको साईबर सुक्षा कमिटिका अधिकारी रुपेन राजकर्णिकारले बताए ।

 ‘प्रयोगकर्ताहरुमा जानकारीको अभाव साधन र सिस्टम संचालन कारणले पनि समस्या देखा परेको छ,’उनले भने,‘प्रविधिको विकासको गति सगै जीवन जिउन पनि सहज भएको छ । तर चुनौतिमा रहेको साईबर हमलाले थुप्रै संघ संस्था, व्यवसायिक प्रष्तिठान, कम्पनी, सर्वसाधारण आफनो कम्प्युटरलाई कसरी बचाउने भन्ने चिन्तामा छन ।’ 













1900603 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top