logo
19 Dec 2018   |   
प्रबिधी

विद्यालय शिक्षामा आइटीको महत्व विषयक अन्र्तक्रिया



प्रबिधी   8 पटक पढिएको   कलमपाटी     
चन्द्रपुर १९ बैसाख// नेपाल सरकार संचार , सुचना तथा प्रविधि मन्त्रालयको आयोजनामा राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवस – २०७५ आज देशैभर मनाइएको छ ।



कम्प्युटर एसोसियसन नेपाल (क्यान) रौतहटको सहआयोजनामा विद्यालय शिक्षामा आइटी को प्रयोग तथा महत्व विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

चन्द्रपुुर नगरपालिकामा रहेका निजी , संस्थागत तथा सरकारी विद्यालयहरुका संस्थापक तथा प्रिन्सिपलहरुसँग अन्र्तक्रिया गरिएको क्यान रौतहटका सचिव विशाल पोखरेलले जानकारी दिएका छन ।

 सो अन्र्तक्रियामा सहभागिहरुले विद्यालयहरुले समयसँगै विद्यालयहरुमा सुचना , प्रविधिहरुको विकास गरिरहेको जानकारी गराउँदै समयमा दक्षजनशक्ति उपलब्ध नहुनु सबैभन्दा ठुलो समस्या रहेको बताए । 

विद्यालयहरुमा अनिवार्य कम्प्युटर शिक्षा , स्मार्ट कक्षाहरु संचालन गरिरहेपनि ती कक्षाहरु नियमित संचालनका लागि यस क्षेत्रमा दक्ष जनशक्ति नहुनले त्यस्ता कक्षा संचालनमा ठुलो चुनौति देखापरेको सहभागिहरुको भनाई छ । 

आजको युगमा विद्यालयहरुले विद्यार्थीहरुलाई अन्य विषयहरुको ज्ञानसँगै सुचना प्रविधिको ज्ञान दिनु अपरिहार्य रहेकाले विद्यालयहरुले त्यसतर्फ सचेत रहेको बताउँदै सहभागिहरुले यसको थप विकासको लागि क्यान रौतहटले सहकार्य र सहरीकरण गर्नुपर्नेमा जोड दिए । 

क्यान रौतहट अध्यक्ष जितेन्द्र साहले क्यान रौतहट यस जिल्लाका सुचना प्रविधिको विकासको लागि लागिपरेको  र आगामि दिनमा पनि सरोकारवाला निकायहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै विद्यालयहरुलाई चाहिने हरेक प्राविधिक सहयोग गर्न क्यान रौतहट तयार रहेने प्रतिवद्धता व्यक्त गरे । 

प्याव्सन प्रदेश न २ का सचिव दिपक रेग्मीको प्रमुख आतिथ्यता सम्पन्न सो कार्यक्रमको विशिष्ठ अतिथि प्याव्सन रौतहटका अध्यक्ष शंकर साहले गरेका थिए । 

माउण्ट एभरेष्ट आवासिय स्कुलका संस्थापक उमेश बाँस्कोटा , न्यु झरना आवासिय स्कुलका रिषीकेश चिमोरिया , पाथिभरा बहुमुखी क्याम्पसका संस्थापक यम श्रेष्ठ , चन्द्रनिगाहपुर सिटी जेसिसका अध्यक्ष अनन्त अधिकारी , दुर्गा मावि ठाडाटोलका प्रधानाध्यापक नारायण कार्की , नमुना बोडिङ्ग स्कुलका संस्थापक लक्ष्मी श्रेष्ठ , ज्ञान उदय स्कुलका संस्थापक शत्रुघन महत्तो , तराईजोन एकेडेमी प्रिन्सिपल गंगा खतिवडा , माउण्ट एभरेष्ट आवासिय स्कुलका शिक्षक अच्युत हुँमागाइ लगायतको उपस्थिति रहेको थियो । संस्थाका कोषाध्यक्ष प्रतिक कार्कीले स्वागत मन्तव्य रहेको सो कार्यक्रमको संचालन श्याम कार्कीले गरेका थिए ।














2176548 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top