logo
19 Dec 2018   |   
प्रबिधी

करोडौं फेसबुक प्रयोगकर्ताको डाटा चोरी



प्रबिधी   55 पटक पढिएको        
काठमाडौं : करोडौं फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको आशंका गरिएको छ । यो खबर सार्वजनिक भएलगत्तै सामाजिक सन्जाल फेसबुकको शेयरमा तीव्र गिरावट आएको छ ।



सन् २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पलाई मद्दत गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकलले फेसबुकका पाँ च करोडभन्दा बढी प्रयोगकर्ताको निजी जानकारी चोरेको आरोप सार्वजनिक भएको हो ।

न्यूयोर्क स्टक एक्सचेन्जमा यस खबरको ठूलो असर पर्‍यो र फेसबुकको शेयर कारोबारमा करिब आठ प्रतिशतले गिरावट आयो । यद्यपि केही सम्हालिँ दै सात प्रतिशतले गिरावटसहित शेयर कारोबार बन्द भयो ।

फेसबुकले यी आरोपको व्यापक अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको छ । अनुसन्धानका लागि क्याम्ब्रिज एनालिटिकललाई निलम्वन गरिएको छ ।

अमेरिका र कयौं युरोपीय देशका सरकारले यस खबरप्रति गम्भीर सवाल उठाएका छन् । ब्रिटेनका प्रधानमन्त्री टेरीजा मेका प्रवक्ताले यस आरोपलाई निकै गम्भीर भनेका छन् । उनले भनेका छन्, ‘यो फेसबुक प्रयोगकर्तालाई उनीहरुका निजी जानकारी सुरक्षित रहने र त्यसको प्रयोग उचित तरिकाले हुनेछ भन्ने पक्का भरोसा हुनुपर्दछ ।’

अमेरिकी सांसदहरुले पनि प्रयोगकर्ताको डाटा चोरी भएकोप्रति चिन्ता व्यक्त गरेको छ र फेसबुकलाई उचित कदम चाल्न भनेको छ । साभार अनलाईन खबर











2176669 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top