logo
19 Dec 2018   |   
स्वास्थ्य

गढीमाइमा योग बिज्ञान शिविर सम्पन्न



स्वास्थ्य   95 पटक पढिएको   कलमपाटी     
बारा ५ असोज // बारा जिल्लाको महागढीमाइ नगरपालिकाको आयोजनामा बृहत योग बिज्ञान शिविर शुक्रवार सम्पन्न भएको छ । पतन्जली योग समितीको सहकार्यमा संचालन भएको ५ दिने निशुल्क योग बिज्ञान शिविरमा सयौ मानिसहरुले लाभ लिएका छन ।



शिविरमा योग कक्षा संचालन गर्नका लागी पतन्जली योग समिती नेपालका केन्द्रीय प्रभारी गुरु लवदेव मिश्रले ५ दिन नै शिबिर सचालन गरेका थिए  ।

बाराको पवित्र धार्मिक स्थल गढीमाइ मन्दीर परीसरमा शिविर संचालन गरीएको थियो ।

शिविरमा पतन्जली योग समिती केन्द्रीय समितीका गुरुहरु टिका खतिवडा ,प्रदेश ३ का सल्लाहकार राजेन्द्र थपलिया, प्रदेश ३ की महिला सह प्रभारी कविता थपलिया, प्रदेश २ का अध्यक्ष हरीहर चौधरी लगाएतका पतन्जली योग समितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

असोज १ गते बाट आरम्भ भएको शिविर असोज ५ गते शुक्रवार सम्पन्न भएको हो । शिविरमा योग र आयुर्वेदको बिषयमा चर्चा समेत गरीएको थियो ।













2176824 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top