logo
21 Oct 2018   |   
स्वास्थ्य

रौतहटको स्वास्थ्य संस्थामा रित्तिदै औषधि



स्वास्थ्य   3 पटक पढिएको   कलमपाटी १७ पुस      
रौतहट जिल्लाका स्वास्थ्य संस्थामा सरकारले निशुल्क उपलब्ध गराउने भनेको औषधी समेत पाउन छाडेको छ । १८ स्थानीय तहमध्ये बढीजसोले अहिलेसम्म औषधि खरिद गरेका छैनन ।



पहिले जिल्ला जनस्वास्थ्यले औषधि आपुर्ति गदै आएकामा स्थानीय तहको नयाँ संरचनापछि सम्बन्धित गाउपालिका र नगरपालिकाले नै खरिद गर्नुपर्ने व्यवस्था छ । २५ देखी ३० किसिमका औषधि बिरामीलाई निशुल्क दिने गरेकामा पछिल्लो समय महंगा औषधि सरकार स्वास्थ्य संस्था बाहिर किन्नुपर्ने बाध्यता रहेको छ । 

पर्याप्त औषधि उपलब्ध गराईदिन पटकपटक लिखित र मौखिक आग्रह गर्दासमेत नगरपालिका र गाँउपालिकाले बेवास्ता गरेको स्वास्थ्य संस्थाका कर्मचारीको गुनासो छ । चन्द्रनिगाहपुर स्थित सरकारी अस्पताल र चन्द्रपुर नगरपालिकामा रहेको अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको छ । जिल्लाका अधिकांश स्वास्थ्यसंस्थाको अवस्था अहिले यस्तै छ । 

सरकारले स्वास्थ्यचौकीबाट  ४५, प्राथमिक स्वास्थ्य केन्द्रबाट ६० र जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो । गत साउनमै औषधिको टेण्डर हुनुपर्नेमा त्यो हुन नसक्दा चन्द्रपुर नगर क्षेत्रमा  रहेका सरकारी स्वास्थ्य संस्थाबाट निशुल्क औषधि पाउन छाडिएको हो ।   

 













1784282 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top