स्वास्थ्य


पौराईमा थप दुइजनामा डेगुरोगी भेटीयो

स्वास्थ्य 127 पटक पढिएको कलमपाटी प्रकाशित मिति:


पौराईमा थप दुइजनामा डेगुरोगी भेटीयो

चन्द्रपुर १ मंसिर // रौतहटको चन्द्रपुर नपाको मंगलपुरमा दुइसाता अघि देखि डेगुरोगको प्रकोप देखिएपछि शुक्रवार स्वास्थ्य शिविर राखिएको छ ।

शिविरमा थप दुइजना मा डेगुरोगी फेला परेका हुन  एक पुरुष र  एक महिलामा डेगुरोग फेला परेको हो ।

शिविरमा एकसय ८६ जना मध्य ३१ जना लाइ  डेगुको शका लागेर परीक्षण गरीएको थियो ।

 शिविरमा खटिएका चन्द्रनिगाहपुर अस्पतालका डा.अभिनन्दन श्रीवास्तवले दुइजनामा डेगु फेला परेको जानकारी दिए ।

शिविर स्वास्थ्य परीक्षण गराउन आएका धेरै जसो ज्वरोको  बिरामी भेटीएका छन । उच्च ज्वरो आएका र डेगुरोग लागेको भेटीएकाहरु लाइ शिविरमा नै उपचार गरीएको छ ।

पौराइका ४० बर्षिय मोतीराम गोलेको डेगुरोगका कारण केही दिन अघि भरतपुरमा उपचारको क्रममा मृत्यू भएको भइसेको छ ।

यसअघि १५ जना भन्दाबढी मानिसमा डेगुरोग देखा परेको थियो । उच्च ज्वरो आउने, वाकवाकी लाग्ने,आखा दुख्ने , टाउको दुख्ने, मांशपेसी दुख्ने लक्षण देखा परेमा डेगुरोग लागेको हुन सक्ने भन्दै स्वास्थ्य सस्थामा उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका छन  । 






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 NEXT

English News



678163 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top