स्वास्थ्य


तराईका विभिन्न जिल्लामा डेंगु संक्रमित बढ्दै

स्वास्थ्य 28 पटक पढिएको २० असोज, काठमाडौ प्रकाशित मिति:


तराईका विभिन्न जिल्लामा डेंगु संक्रमित बढ्दै

भदौयता तराईका विभिन्न जिल्लाहरुमा डेंगुको प्रकोप बढ्दो क्रममा छ । डेंगुबाट प्रभावित हुनेमा रुपन्देही, सर्लाही, महोत्तरी, धादिङ, मकवानपुर, झापा लगायतका जिल्ला छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार भदौ यता अस्पतालबाट उपचार गराएर र्फकनेको संख्यामात्र करिब ९० पुगेको छ । त्यसमध्य शुक्रवारमात्र धादिङ, वर्दिवास तथा लालबन्दीबाट रिफर भएर आएका नौ विरामी अस्पताल भर्ना भएका छन् । बाँकी १० जनाको डेंगुको आंशकामा रगत परीक्षण भइरहेको छ ।

वर्षा मौसमको अन्त्यतिर तराईका जिल्लाहरुमा डेगुको प्रकोप बढ्ने गर्छ । विशेषगरी सेप्टेम्बरबाट सुरु हुने डेंगुको प्रकोप नोभेम्बरसम्म रहन्छ ।

‘तराईका जिल्लाहरुमा वर्षा सकिएर पानी जम्मा हुन सुरु भएसँगै डेंगुको प्रकोप बढ्ने गर्छ । त्यसमा पनि अहिले लालबन्दी, वर्दिवास तथा धादिङ उच्च जोखिममा रहेका कारण उच्च सर्तकता अपनाउन जरुरी छ’, अस्पतालका वरिष्ठ कन्सल्टेण्ट तथा क्लिनिकल रिर्सच युनिटका संयोजक डा. शेर बहादुर पुनले भने ।

उनका अनुसार चितवन पनि डेंगुको उच्च जोखिममा रहेको अर्को जिल्ला हो । यद्यपी, चितवनमा भने यस वर्ष अहिलेसम्म डेंगु संक्रमित भेटिएका छैनन् ।

अहिलेसम्म डेंगुकै कारण कसैको मृत्यु नभएको अस्पतालले जनाएको छ ।

के हो डेंगु ? कसरी सर्छ ?

एडिज एजिपटाई नामक लामखुट्टेको टोकाईका कारण डेंगु सर्छ । यो लामखुट्टेले टोकाईबाट डेंगुबाहेक चिकनगुनिया, जिका लगायतका संक्रमण हुने गर्छ ।

यस्ता लामखुट्टे जम्मा भएको पानीमा अण्डा पार्छ । र त्यहीबाट निस्केको लामखुट्टेले टोकेमा मानिसलाई डंेगु सर्ने गर्छ । डेंगु एक व्यक्तिबाट अर्का व्यक्तिमा सजलै सर्ने हुँदा विशेष सजगता अपनाउन जरुरी छ ।

डेंगुको लक्षण

-२ देखि ७ दिन सम्म धेरै ज्वरो आउने

-आखाको गेडी, जोर्नी तथा ढाड दुख्ने

-जीउ गल्ने

-टाउको दुख्ने

-विमिरा आउने

-शरीरका विभिन्न ठाँउबाट रगत बग्ने

डेंगुबाट बच्ने उपाय

-डेंगु लामुखट्टेबाट सर्न रोग भएकोल लामखुट्टेबाट टाढा रहने

-दिउँसोको समयमा यो लामखुट्टेले टोक्ने हुदाँ पुरा बाहुला भएको लुगा लगाउने

-शरीर ढाक्ने लुगा लगाउने

-ओडोमस, झलको प्रयोग गर्ने

-घर वरिपरि पानी जम्न नदिने

-सकेसम्म प्लाष्टिकका भाडाहरुको प्रयोग नगर्ने । यस्ता भाडामा लामखुट्टे वृद्धि हुन संम्भावना बढी रहन्छ ।

डेंगु लाग्दा ध्यान दिनु पर्ने कुरा

-डेंगु लागेको व्यक्तिलाई धेरै ज्वरो आएमा बु्रफिन खानु घातक हुन्छ । यसले शरीरबाट थप रगत बग्ने जोखिम हुन्छ ।

-त्यस्तै, डेंगु लागेको शंका लागेमा तुरुन्तै चेकजाँच गर्नु पर्छ । समयमै यसको उपचार नभए मानिसको मृत्यु समेत हुनसक्छ ।

-डेंगु लागेको मानिसलाई ज्वरो कम भएपनि अस्पतालबाट घर फर्काउनु हुदैन । किनकी ज्वरो घटेको ४८ घण्टासम्म पनि उसको अवस्था जोखिमपूर्ण नै भएकोले उसलाई चिकित्सकको निगरानीमा राख्नु नै उचित हुन्छ ।





साभार : अनलाईन खबर




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


1 2 3 4 NEXT

English News



642470 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top