logo
19 Dec 2018   |   
राजनीति

राजपाको अध्यक्ष मण्डलका सदस्य र मन्त्री द्धारा कार्यक्रम बहिस्कार



राजनीति   8 पटक पढिएको   संजय मिश्रा     
रौतहट १९ कार्तिक // मर्यादाक्रम मिचिएको भन्दै अध्यक्ष मण्डलकै सदस्य र एकजना प्रदेश राज्यमन्त्री द्धारा राजपा द्धारा रौतहटको कटहरियामा आयोजित एक कार्यक्रम बहिस्कार गरेका छन ।



दिपावली र छठपर्वको अवसर पारेर रौतहट क्षेत्र न.३ स्थित कटहरियामा पार्टि क्षेत्रिय कमिटिद्धारा आयोजित शुभकामना आदान कार्यक्रममा मर्यादाक्रम मिचिएको भन्दै संघिय संसद समेत रहेको अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा र प्रदेश २ की भौतिक पुुर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले कार्यक्रम बहिस्कार गरेका हुन ।


कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मन्तब्य राख्न सुुरुगरे लगतै झा दम्पतीद्धय कार्यक्रम बाट बाहिरिएका थिए ।

 

राज्य मन्त्री डिम्पल झा अध्यक्ष मण्ण्डलका सदस्य अनिल कुमार झाको श्रीमती हुन ।

झा दम्पती बाहिरिए लगतै राजपाका अध्यक्ष मण्डलका अर्का सदस्य सरद शिंह भण्डारी पनि कार्यक्रम बाट बाहिरिएका थिए ।

 

कार्यक्रम बाट बाहिरीएपछि संसद अनिल कुमार झाले कार्यक्रममा अध्यक्ष मण्डलका सदस्यहरु बोलीसके पछी प्रदेशमन्त्री सोनल लाई बोल्न दिएर आफुहरुको मर्यादाक्रम मिचेकाले कार्यक्रम बहिस्कार गरेको प्रतिकृया दिएका छन ।

शुुभकामना आदानप्रदान कार्यक्रम बिशिष्ट अतिथि राजपाका अध्यक्ष मण्डलका सदस्यहरु शरद शिंह भण्डारी,अनिल कुमार झा र राजकिशोर यादव आ आफनो मन्तब्य राखिसकेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि महेन्द्र यादव बोल्न बाँकी छँदै मन्त्री सोनलले मन्तब्य राख्न शुरु गरेका थिए ।

कार्यक्रममा चारजना अध्यक्ष मण्डलका सदस्य, दुुईजना मन्त्रीका साथै आधा दर्जन केन्द्रिय पदाधिकारीहरु तथा रौतहट,बारा,सलार्ही लगायतका जिल्लास्तरका नेता तथा सयौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।













2176521 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top