राैतहट १२ जेठ । मलेसियामा बस्ने नेपालीहरुले पठाएको रकम पिडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
सो रकम मृतकका आमाबुबा माधाे राम- र मिना देवी रामलाई नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले हस्तान्तरण गरेका छन ।
यमुनामाई गाउपालिका वडा नम्बर ४का २२ बर्षिय नरेस राम ४ वर्ष पहिले मलेसिया गएका थिए । मलेसियामा २०७९ /१२/१५ उनको मृत्युु भएको थियो ।
मृतक परिवारलाई जीवनयापनका लागि मलेसियामा बस्ने नेपालीहरुले चन्दा रकम संकलन गरी ११ लाख ४५ हजार ८ सय ८० रुपैयाँ जिएस समाजसेवा युवा कल्व मलेसिया मार्फत सहयोग रकम पठाएका छन ।
रकम हस्तान्तरण कार्यक्रमा वडा अध्यक्ष अश्विनी कुमार यादवले सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन ।
सहयोग रकम पठाउने संस्थाका उपाध्यक्ष विजय जयसवालको अध्यक्षतामा भएको सहयाेग हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्यहरु मिथुन विराजि यादव , दिनेस जयसवाल र भुवन कार्की, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शैलेन्द्र झा ,लगाएत पत्रकार, स्थानीय अगुवा को उपस्थिति रहेको थियो ।।