रौतहट १२ जेठ । गाैरको राईस मिल चाैरलाई अधिग्रहण गर्न १५ कराेड रकम दिने मधेस प्रदेसका मुख्यमन्त्री सरोज कुमार यादवले बताएका छन ।
गाैर राईस मिल चाैरलाई अधिग्रहण गराउन १५ कराेड रुपैया दिने प्रतिबद्धता मुख्यमन्त्री यादवले गाैरमा पत्रकारहरूसंग संक्षिप्त कुराकानी गर्दै बताएका छन ।
आफ्नै कार्य कालमा गाैर राईस मिल सार्वजनिक स्थलको रुपमा विकास गरिसक्ने मुख्यमन्त्री ले बताए ।
पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिदै बेटी पढाउ बेटी बचाउ कार्यक्रम धेरै राम्रो थियो । तर सम्बन्धित निकायमा मुद्दा चलिरहेकाे छ ।जब सम्म यसमा कुनै टुङ्गो लाग्दैन तब सम्म त्यसमा चाहेर पनि केही गर्न सक्दैनाै ।
छोरीको बिमा कार्य जारी नै रहेको उनले बताए । पत्रकारलाई सत्य तथ्य बुझेर समाचार सम्प्रेषण गर्न मुख्यमन्त्री यादवले अनुराेध गरेका छन ।