Saturday, June 3, 2023

नेकपा एमाले चन्द्रपुरले बिभिन्न माग राखि ज्ञापन पत्र बुझायो

पछिल्लाे समाचार

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय...

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको...


रौतहट १० जेठ । चन्द्रपुर नपामा जनताले अनुभूति गर्ने प्रगती हुन नसकेको भन्दै  नेकपा एमाले चन्द्रपुरले ज्ञापन पत्र बुझाएको छ ।
स्थानिय तहको दोश्रो निर्वाचन सम्पन्न भएको पनि १ वर्ष पुरा  भइसकेको र यस बिचमा पनि २ ओटा नगरसभा सम्पन्न भईसकेको र उक्त नगरसभाले पारित गरेको निति कार्यक्रम तथा बजेटको कार्यान्वयन भइरहँदा विकास, शुसासन, समृद्धि, सामाजिक न्याय, स्वास्थ, शिक्षा, आर्थिक विकास लगाएत कुनै पनि क्षेत्रमा जनताले अनुभुति गर्ने गरि प्रगति हुन नसकेको भनाइ छ ।
नगरलाई स्वस्थ र समृद्ध बनाउने र नगरबासीलाई सुखी र खुशी बनाउने नारा लिएर निर्वाचित भएका नगर प्रमुख लगाएत जनप्रतिधिहरु बाट जन अपेक्षा अनुरुप काम हुनुपर्नेमा झन बेथितिहरु बढ्दै गएको सेवा प्रवाहमा ढिला सुस्ती, लापरवाही, झन्झट, विकास निर्माणका काममा अपारदर्शिता, अनियमितता, योजनाको वितरणमा असमानता लगाएतका  वेथितिमा चन्द्रपुर रुमलिएको एमालेको बिज्ञप्तिमा उल्लेख छ ।
एक वर्षको समिक्षा सारमा प्रस्तुत गर्दै विभिन्न मागहरु एमाले चन्द्रपुरले अघि सारेको छ ।
शुसासन तर्फ कुनै प्रगति तथा सुधार नभएको,सेवा प्रदयक निकायले जनतालाई सरल र सहज तरिकाले सेवा नपुर्याएको । जनताले सेवा लिनु पर्दा झन्झटिलो र पहुँच हुने र सर्वसाधारण वीच विभेद गर्ने गरिएको , सार्वजनिक सुनुवाइ नगरेको ।
योजना छनौट गर्दा जनसहभागिता तथा सरोकारवालाहरुसंग छलफल नगरिएको ।कतिपय योजना हचुवा (कुन ठाउँमा के गर्ने हो किटान नगरी) राखिएको । कतिपय वडामा भैपरी खर्च धेरै राखिएको ।
न्यायीक समितिको भूमिका कमजोर रहेको जनतालाई शान्ति सुरक्षाको अनुभुती हुन नसकेको । अन्यायमा परेका महिला वालवालिका, तथा विपन्न वर्गका जनताको न्यायमा पहुँच हुन नसकेको, व्यवसायीक असुरक्षा बढेको । नारी दिवसको लागि छुट्टयाइएको रकम पार्टी भातृ संगठनको कार्यक्रममा खर्च गरिएको ।
सामाजिक सुरक्षा भत्ता नविकरण छुटेको कारण धेरै जेष्ठ नागरिक तथा एकल महिला भत्तावाट बन्चित भएको ।
यस्तौ सरकारी अस्पतालको अवस्था झन दयनीय बन्दै गएको अस्पताल व्यवस्थापन पक्ष अस्तव्यस्त रहेको औषधी तथा उपकरणको अभाव रहेको गत वर्ष खरिद गरेको X-Ray मेसिन बिग्रिएको, अल्ट्रासाउन्ड मेसिन हुँदा हुँदै पनि नचलाउदा विरामीले भिडियो X- Ray गराउन बाहिर गई महंगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको ।
अस्पतालमा दक्ष भन्दा अदक्ष र अनावश्यक कर्मचारीहरु राजनीतिक पहुँचका आधारमा भर्ति गरेको । स्वास्थ्य विमा गरेका नागरिकले समेत उपयुक्त सेवा र आवश्यक औषधी नपाएको ।
एम्बुलेन्स, शब बहान तथा शवगृहको व्यवस्था नभएको । प्रसुती सेवा संचालन भएता पनि आधुनिक प्रविधि र उपकरणको अभाव रहेको । स्वस्थ्य चौकी तथा केन्द्रहरुमा पनि प्रभवकारी सेवा प्रवाह तथा औषधीको पर्याप्तता नरहेको ।
चन्द्रनिगाहपुर अस्पताल जम्मा २४ अंक प्राप्त गरि प्रदेशकै सबै भन्दा अव्यवस्थित र कमजोर असपतालको सुचिमा परेको सो पार्टीको भनाइ छ ।
  नगर भित्रका कुनै पनि विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार नभएको । परीक्षा प्रणाली तथा अनुगमन र मुल्यांकन प्रभावकारी नभएको कारण विपन्न वर्गका छोराछोरी पढने सामुदायिक विद्यालय चिट चोरेर पास गर्ने विद्यालयको रुपमा चिनिन थालेको । विद्यालयको कुशल व्यवस्थापन र शिक्षाको गुणस्तर सुधारमा स्थानीय सरकारले ध्यान नदिएको ।  ध्यान केवल संरचना निर्माणमा कसरी आफनो मान्छेलाई संलग्न गराउने भन्ने तर्फ मात्र रहेको  ।
महिला वालवालिका, जेष्ठ नगरिक अपाङ्गता एवं फरक क्षमता भएकाहरुको हित, प्रवर्द्धन क्षमता विकास तथा सुरक्षामा खासै प्रभावकारी कार्यक्रम नगरेको गुनासो एमाले चन्द्रपुरको छ ।
बजेटको अधिक हिस्सा भौतिक पुर्वाधारमा छुट्टयाइएको  तर निर्माण गरिएका संरचनाहरु दिगो र गुणस्तरीय नभएको । योजनाको छनौट र कार्यान्वयनमा जनसहभागीता शून्य रहेको , प्रभावकारी अनुगमन नगर्ने, जानकारी मुलक होडिङ्ग बोर्ड नराख्ने, सामाजिक लेखापरीक्षण कागजमा मात्र गर्ने ,खरिद प्रकृया पारदर्शी नहुने आदि कारणले भौतिक विकासको काम गुणस्तरहिन गुनासो छ ।
सडक बत्ति र सिसि टिभि  क्यामेरा गुणस्तरीय नभएको एकै प्रकारको सामान खरिदमा वडा पिच्छे फरक फरक दर रेटमा खरिद गरिएको ।
योजनाको छनौट आवश्यकताको आधारमा नभै पहुचको आधारमा गरिएको ।
उपभोक्ता समितिले आफै काम गर्नु पर्नेमा ठेकेदारलाई काम दिने गरेको, गर्दा रनिङ विल तथा भुक्तानी प्रकृयामा असहजता बनाई ठेकेदारलाई दिनुपर्ने परिस्थिति सृजना गरिएको भुक्तानीमा नगर प्रमुखको संलग्नता हुने गरेको एमालेले आरोप समेत लगाएको छ ।
कृषि उत्पादन वृद्धि गर्ने कुनै प्रभावकारी कार्यक्रम संचालन नगरेको, चैते धान लगाउन प्रोत्साहन गरिए पनि वाग्मती सिंचाइ संग समन्वय नगरिएकोले किसानको लगानी डुब्ने अवस्था रहेको ।
कृषि उत्पादनमा समूह, सहकारी तथा फर्मलाई प्राप्त हुने अनुदान तथा सहुलियत ऋण बारे किसानलाई समयमा सुसूचित समेत नगराईएको । कृषिको लागि छुट्टयाइएको रकम डावरिमा खर्च गरिएको ।सहकारी को विकासमा खासै ध्यान नदिएको ।
देशकै १०० गन्तव्य स्थानमा परेको मर्धर सिमसारमा परेको २ करोड ६० लाख रकम कार्यनयन गर्न नसकि फ्रिज गराएको । भु-माफियाले व्यक्तिको नाममा लगेको जग्गा फिर्ता ल्याउन समयमै पहल नगरेको ।
धार्मिक तथा अन्य रमणीय पर्यटकिय स्थलको विकासमा जोड नदिएको । आर्यघाट बनाउने बजेट तटबन्धमा खर्च गरिएको ।
वन वातावरण तथा विपद व्यवस्थापनको क्षेत्रमा प्रभावकारी काम नभएको । नगरको सरसफाइमा ध्यान नदिएकाले फोहोर मैला र प्रदुषण बढ्दै गएको ।युवालाई व्यवसाय तर्फ उन्मुख गराउने र स्वरोजगार बनाउने खालको कुनै कार्यक्रम नगरिएको ।प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी संचालन नगरिएको बेरोजगारहरुको छनौट गर्दा निश्पक्ष तरिकाले नगरी आफ्नालाई प्रथमिकता दिएको ।
गरिवसंग विश्वेश्वर कार्यक्रममा बर्सेनि रकम आएपनि के मा खर्च गरिन्छ जानकारी नै  नभएको ।खेलकुद क्षेत्रमा युवाहरूलाई प्रोत्साहन दिने र खेल मैदान तथा खेल सामग्रीको व्यवस्थापन गर्नुपर्नेमा केही टोलहरुमा अपारदर्शी तरिकाले प्रोजेक्टर वितरण गरेर रकम सकेको ।
खोला नदि तथा ढुंगा गिट्टी बालुवा ठेक्का नलगाउदा नगरपालिकालाई करोडौं घाटा भएको  सेटिङ्गमा सर्लाहीबाट गिट्टी बालुवा ल्याईएको समेत एमालेले गुनासो गरेको छ ।
मर्धर सिमसार लगायत पोखरीहरु ठेक्का लगाईएको छैन । गत आ. व. को बक्यौता उठाईएको छैन ।  नगरपालिका भित्र रहेका सेवा प्रदायक निकाय तथा कार्यालय संग प्रभवकारी समन्वय नगर्दा जनतालाई असहजता र सेवामा ढिलासुस्ती लापर्वाही घुसखोरी समेत बढ्नेकाले जनता मर्कामा परेको एमाले चन्द्रपुरले जनाएको छ ।
नेकपा एमालेले चालू आ.व. २०७९ / ०८० को आन्तरिक श्रोत राजश्व बाँडफाड संघ र प्रदेशबाट प्राप्त हुने – वित्तीय सामान्यिकरण, विशेष अनुदान, ससर्त अनुदान तथा समपुरक अनुदानबाट हाल सम्म के कति आम्दानी भयो र स्वीकृत बजेट मध्ये हालसम्म चालू तथा पुँजीगत खर्च कति भयो सो को विवरण सार्वजनिक गर्नु पर्ने ।
नगर सभा हुनु अघि नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्दा टोल भेला वडा भेला सरोकारवाला तथा सर्वपक्षिय छलफल लगायत सबै चरण पार गरि जनताको सहभागितामा योजना तर्जुमा गर्नु पर्ने । विषयगत समिति र नगर प्रमुख तथा उप प्रमुखले छनौट गर्ने योजना पनि वडामै कार्यन्वयन हुने तर छनौट प्रकृयामा जनताको सहभागीता नहुने भएकोले एउटा वडामा पठाउने बजेट सिलिङ भन्दा विषयगत समिति र नगर प्रमुख तथा उपप्रमुख लाई दिने बजेट सिलिङको अनुपात बढी हुन नहुने । नगरको गौरव तथा नगरलाई चिनाउने खालका योजना मा जोड दिनु पर्ने ।
नगरपालिकाका सबै प्रवाहलाई सरल सहज वडा कार्यालयहरु तथा सम्बद्ध निकायहरुबाट गरिने सेवा निस्पक्ष छिटो छरितो बनाउन कुपन प्रणाली लागू गर्नुपर्ने र वडा कार्यालयबाट संकलन हुने मालपोत सिफारिस दस्तुर तथा अन्य आम्दानी हिसाबको जानकारी पाउनु पर्ने । नदिजन्य पदार्थ ढुङ्गा गिट्टी बालुवा, पोखरी, हाटबजार लगायत ठेक्का लगाउनुपर्ने ठेक्का वापतको बक्यौता रकम तुरुन्त असुल गर्नुपर्ने । मर्धर सिमसारको जमिन भु-माफियाले व्यक्तिको नामामा गरेकोमा उक्त जमिन तुरुन्त नगरपालिकाको नाममा फिर्ता ल्याउनुपर्ने । नगरपालिका भित्र रहेका सार्वजनिक जग्गा, कुलो, पैनी,बाटो तथा मठ मन्दिरको जग्गा नक्सा बमोजिम कायम गरि संरक्षण गर्नु पर्ने ।चन्द्रनिगाहपुर अस्पतालमा रहेको बेथिति अन्त गरि त्यहाँ आवश्यक औषधि, उपकरण तथा दक्ष जनशक्तिको व्यवस्थापन गरि जनतालाई सहज रुपमा स्वस्थ्य सेवा उपलब्ध गराउनु पर्ने । अस्पतालमा ओपिडि सेवाको समय अवधि थप गरि टोकन सिस्टम लागू गर्नुपर्ने ।
रक्त सञ्चार केन्द्र संचालन, एम्बुलेन्स, शववाहन र व्यवस्थित शवगृह निर्माण गर्नुपर्ने ।
१० नं वडामा शिलान्यास गरिएको अस्पताल निर्माण छिटो सम्पन्न गर्नुपर्ने । लायन्स क्लवको सहयोगमा संचालन हुने ट्रमा सेन्टर लागत सहभागिता जनाई तुरुन्त शुरु गर्नु पर्ने । जेष्ठ नागरिक तथा अपाङ्गता भएका र अशक्त नागरिकलाई घरमै स्वास्थ्य जाँचको व्यवस्था मिलाउनु पर्ने । शिक्षाको गुणस्तर सुधारका लागि तत्काल नीति बनाई पठन पाठन तथा परीक्षा दुवैको अनुगमनमा कडाइ गरि विद्यालय विद्यालय वीच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा हुने वातावरण बनाउनु पर्ने । माध्यमिक विद्यालयहरुलाई प्राविधिक शिक्षा तर्फ उन्मुख गराउनु पर्ने ।
भुमिहिन सुकुम्बासी भुमिहिन दलित र अब्यवस्थित वसोबासी को समस्या तत्काल हल गर्नुपर्ने १०. हरेक टोलमा टोल विकास संस्था गठन गरि योजना माग तथा संचालन टोल विकास संस्था मार्फत नै गर्नुपर्ने ।सरसफाइ तथा नगरको सौन्दर्यकरणको लागि विशेष कार्यक्रम गर्नु पर्ने । नक्सा पास गरेर मात्र घर बनाउनुपर्ने नियमलाई कर्यान्वयन गर्नुपर्ने । किसानलाई उत्पादनमा आधरित अनुदान दिनुपर्ने किसानलाई प्राप्त हुने अनुदानमा विचौलियाको चलखेल हुन नदिन समूह तथा सहकारी लाई प्रस्ताव लेखन तालिम दिने तथा सम्बन्धित निकायमा आवेदनको लागि सहजिकरण गरिदिनु पर्ने । हरेक वडाबाट प्रत्यक वर्ष १ १ जना उत्कृष्ट किसान छनौट गरि पुरस्कृत गर्नुपर्ने ।
चन्द्रपुर  गैडाटार जोडने पुल निर्माण छिटो सम्पन्न गर्न र चन्द्रपुर देखि गैडाटार हुँदै मकवानपुरको कुरकुरे जोडने सडक निर्माणका लागि योजना संघिय सरकारसंग माग गर्न नगर सभाबाट प्रस्ताव पास गर्नु पर्ने । युवालाई व्यवसायी एवं स्वरोजगार बनाउन सिपमुलक तालिम प्रविधि हस्तान्तरण तथा सहुलियत कर्जाको व्यवस्था गर्नुपर्ने । नगर भित्र रहेका सरकारी सेवा प्रदायक कार्यालयहरु सुरक्षा निकाय तथा प्रशासन कायालयको स्थायी व्यवस्थापनको लागि जग्गाको उचित व्यवस्था गर्नुपर्ने ।
बसपार्क तथा अटो रिक्साको पार्किङ व्यवस्थित गर्नु पर्ने । थारु संग्राहलयको निर्माण तथा नगर भित्र रहेका सबै धार्मिक संस्कृतिक महत्वका स्थान एवं पर्यटकिय स्थलहरुको विकास र संवर्द्धन गर्नुपर्ने । बढ्दै गइरहेको व्यवसायिक असुरक्षा, चोरी, अपराधिक घटना ,महिला हिंसा लागू औषध दुर्व्यशनी लगायतलाई नियन्त्रण गर्न सुरक्षा निकायसँग समन्वय गरि प्रभावकारी कदम चाल्नुपर्ने माग राखेर चन्द्रपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको नेकपा एमाले चन्द्रपुर नगरकमिटी अध्यक्ष शिव प्रसाद आचार्यले जानकारी दिएका छन ।

लोकप्रिय

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

थप शिर्षकहरु

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...