रौतहट ९ जेठ । गर्मीसगै रौतहटमा लामखुट्टेको प्रकोप बढेपछि गरुडा नगरपालिकाले लामखुट्टे मार्ने ओैषधी छर्ने कार्य सुरु गरेको छ ।
नगरपालिकाले नगरस्तरीय बजेटबाट लामखुट्टे मार्ने औषधी छर्ने काम शुरु गरेको नगरप्रमुख कन्थमनी प्रसाद जयसवालले बताए ।
पहिलो दिन नगरपालिकाको वडा न .१ बाट जयनगरबाट औषधी छर्किने कार्य सुरु गरिएको छ। नगरप्रमुख जयसवालले जयनगरमा रहेको मदरसामा लामखुट्टे मार्ने ओैषधी छर्के पछी लामखुट्टे मार्ने अभियान सुरु भएको हो । डेल्टामेथ्रिन नामक औषधी छर्ने काम भएको उनले बताए ।
यसले उडिरहेको लामखुट्टे नष्ट गर्न र घरभित्र रहेका लामखुट्टेहरुलाई नियन्त्रण गर्न सहयोग पुग्ने जयसवालले बताए ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता घातक रोगको संक्रमण फैलन नदिन विषादी छर्न सुरु गरिएको नगर प्रमुख जयसवालको भनाइ छ ।
लामखुट्टेको टोकाइबाट कीटजन्य रोग(औलो मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनीया, हात्तीपाइले लगायत रोग लाग्ने गर्छ । कीटजन्य रोगबाट बच्ने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो ।
