Saturday, June 3, 2023

प्रथम शहिद लखन थापाको सालिक र नुनथर  पर्यटकिय क्षेत्र

पछिल्लाे समाचार

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

अत्याधिक गर्मी बढेपछि रौतहटका बिधालयमा एकसाता सम्म बिदा

गौर १९ जेठ । रौतहटको १६ वटै नगर कार्यपालिकाको कार्यालय र यमुनामाई तथा दुर्गा भगवती गाउँ कार्यपालिकाको कार्यालय...

नगरबासी लाई सिलिन्डर र चुलो बितरण

रौतहट १९ जेठ ।परोहा नगरपालिकाले धुवामुक्त नगर अभियान अन्तरगत  ग्यास सिलिन्डर र चुलो वितरण गरी सुरु गरेको छ ।धुवा मुक्त कार्यक्रम नपाको...

फणि महत / चन्द्रपुर नगरपालिका वार्ड नं १ मा निर्माण भएको प्रथम शहिद लखन थापा  सालिक नुनथर क्षेत्र घुम्न आउने हरुको लागि मुख्य आकर्षण बनेको छ ।
चन्द्रपुर नपा १ स्थित रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र नुनथरमा निर्माण गरिएको सालिकको  मगर एकता दिवसको अवसरमा अनावरण गरिएको थियो ।
  प्रथम सहिद लखन थापाको सालिक यस क्षेत्रमा निर्माण हुनुले पर्यटकीय क्षेत्रमा थप टेवा पुग्ने  पुर्व वडा अध्यक्ष वीर बहादुर रखालले बताए ।
नेपालको प्रथम सहिद लखन थापाको शालिक स्थापनाले नुनथर लगाएत यस क्षेत्रको बिकाश र प्रचारमा टेवा पुग्ने नुनथर क्षेत्र बिकास समितिका अध्यक्ष राम कुमार भट्टराइको धारणा छ ।
नेपालका प्रथम शहिद लखन थापा मगरको जन्म वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ स्थित काहुले भंगार भन्ने गाउँ (साविक वुङ्कोट गा.वि.स. वडा नं. ४) मा भएको थियो ।
जुम्ल्याहा सन्तानमध्ये कान्छो सुपुत्र  लखनको वास्तविक नाम लक्ष्मणसिंह थापा  थियो ।
लखन थापाले तेश्रो गोरखा राइफल्समा कार्यरत नातेदारको फेमिली क्वार्टरमा बसेर भारतको अलमोडामा शिक्षा हासिल गरी नेपाल फर्किएर वि.सं. १९११ मा पुख्र्यौली मगर पल्टन (पुरानो गोरख पल्टन)मा भर्ना भएका थिए ।
ई.सं. १८५७ डिसेम्बर १० का दिन जंग बहादुर राणा स्वयम् २७ वटा नेपाली पल्टनको नेतृत्व गर्दै नौ हजार नेपाली सैनिकका साथ भारत गए ।
१० मार्चका दिन जंग बहादुर आफ्नो फौजसहित भारतको लखनउ शहर पुगेको भोलिपल्ट देखि नै अंग्रेज र नेपाली संयुक्त फौजले लखनउका विभिन्न स्थानमा फौजी कारवाही गर्यो ।
पुरानो गोरखा पल्टनसंगै लखनउ पुगेका लखन थापा मगर लगायत  व्यक्तित्वहरु यस घटनाबाट स्तब्ध भए ।
लखन थापामगर आफ्नो सैन्य सीप र कौशलका कारण वि.सं. १९२५ मा नेपाली सेनाको क्याप्टेन भइसकेका थिए ।
उनले  भौतिक सुविधाको कुनै प्रवाह नगरी वि.सं. १९२७ सालमा आफ्ना साथी जयसिंह चुमीलाई साथमा लिई घर विदा लेखाएर सेनाको जागिर छाडी गोरखाको बुंकोट काहुले भंगारमा गए ।
उनले जंग बहादुरको शासन विरुद्ध जनताहरुलाई संगठित गर्ने कार्यमा लागे । गोरखाको वुंकोट काहुले भङ्गारमा लखन थापा मगरले स्थानीय को सहयोगमा एउटा बलियो किल्ला निर्माण गरे ।
वि.सं. १९३२ सालमा जंग बहादुरको शासनविरुद्ध  जनताले लखन थापालाई प्रधानमन्त्री र जयसिंह चुमीलाई सेनापति घोषणा गर्यो ।
   वि.सं. १९३३ फागुन २ गते सबै भन्दा पहिले विद्रोही नेता लखन थापालाई गोरखा बुंकोटको आफ्नै किल्ला परिसर भित्र प्रतिस्थापन गरिएको मनकामना मन्दिर अगाडिको खिर्राको बोटमा झुण्ड्याएर मृत्युदण्ड दिइयो ।
लखन थापा मगरको बलिदान र योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई वि.सं. २०५६ मा शहिद घोषणा गर्‍यो भने वि.सं. २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो शहिद घोषणा  गर्ने निर्णय गर्यो ।
शहिद लखन थापाको नाममा गोरखा जिल्ला साविकको बक्राङ्ग, मनकामना, ताकलुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स गाभेर शहिद लखन गाउँपालिका बनेको छ ।

लोकप्रिय

खानेपानी तथा सरसफाइमा माबि जुडिवेला उत्कृष्ठ

चन्द्रपुर १९ जेठ । चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइमा उत्कृष्ठ भएको छ । युनिसेफको सहयोगमा...

खानेपानीको चुनाव जेठ २७ गते हुने

चन्द्रपुर १९ जेठ । चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन  जेठ २७ गते लाई सारिएको छ ।जेठ २७ गते हुने निर्वाचनको...

गुप्ता केन्द्रीय सदस्यमा मनोनित

रौतहट १९ जेठ । गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय...

थप शिर्षकहरु