Wednesday, October 20, 2021

सामाजीक न्यायको प्रतिक्षामा मानसिक स्वास्थ्य

पछिल्लाे समाचार

स्वतन्त्र विद्यार्थी युनियनले गर्यो जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी

रौतहट ,३ कार्तिक //स्वतन्त्र विद्यार्थी युनियनले चन्द्रपुर ६ स्थित जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्। क्याम्पस व्यवस्थापन...

अविरल वर्षाका कारण कमला नदीको पुल भासियो

सिरहा , ३ कार्तिक //केहि दिनदेखि परेको अविरल वर्षाका कारण सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । निरन्तर...

धनुषाका एक नेपालीको अमेरिकामा हत्या

धनुषा ,३ कार्तिक //अमेरिकामा व्यवासय गर्दै आएका आएका धनुषाका एक नेपालीको हत्या भएको छ ।जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर घर भएका अन्दाजी ५४...

आजदेखि बारा पर्सामा पेट्रोल आपूर्ति सहज हुने : आयल निगम प्रमुख यादव

पर्सा ,३ कार्तिक //आजदेखि बारा पर्सामा पेट्रोल आपूर्ति सहज हुने नेपाल आयल निगम वीरगञ्जका प्रमुख पवन यादवले बताएका छन्।उनले आजदेखि पेट्रोल सहजरूपमा...

अविरल वर्षाका कारण ३१ जनाको मृत्यु ,४३ जना घाइते र १७ जना बेपत्ता

रौतहट ,३ कार्तिक //केहि दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी देशभर ३१ जनाको मृत्यु भएको छ ,भने अन्य...


डा.सुमनप्रसाद अधिकारी /

विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार स्वस्थ रहनु भनेको सामाजिक,मानसिक र शारिरीक रुपमा सबल हुनु हो । मानसिक स्वास्थ्य सामाजिक जिवनको परिसूचक पनि हो ।

शारीरिक स्वस्थता र रोगको बारेमा संसारभरि जाति खोज र अनुसन्धान भएका छन् त्यसको तुलनामा मानसिक स्वास्थ्यको क्षेत्रमा एकदमै कम प्रयास भएको देखिन्छ । विश्वका धनी र शक्तिशाली भनिएका राष्ट्रहरुमा समेत मानसिक स्वास्थ्यको स्थिती सन्तोषजनक छैन । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संघ संस्थाले संस्थागत रुपमा काम गर्न त थालेका छन् तर पनि समाजमा मानसिक रोगप्रति जुन धारणा छ त्यसले गर्दा मानसिक रोग भएकाहरु खुलेर आउने र उपचार गर्ने परिस्थिति बन्न सकेको छैन ।
सामान्यतया मानसिक रोग भन्नाले त्यस्तो अवस्था बुझिन्छ जसमा सोचाई, व्यवहार र अनुभावमा असर पर्दछ । तर प्राय समाजमा मानसिक रोग भन्ने बित्तिकै बहुलापन, पागलपनको रोग भन्ने बुझिन्छ जसको कारणमा दैवीश्राप, पापकर्मको फल र बोक्सीको विगार आदिलाई लिइन्छ ।

चिकित्सा विज्ञानको अनुसार मानसिक रोगमा सामान्य टाउको दुखाई वा माइग्रेन, मनोत्रास (एङ्जाइटी), मनोचिन्ता (डिप्रेसन), उन्माद (मेनिया) देखि कडा खालका साइकोसिस र सिजोफ्रेनिया जस्ता रोगहरु पर्दछन् । हुनसक्छ कुनै कडा खालका मानसिक रोगमा पागलपनका लक्षण होलान् तर त्यसो भन्दैेमा मानसिक रोगीलाई पागल भन्नु सर्वथा अनुचित हो ।

मानसिक रोग जुनसुकै उमेर समुहका पुरुष वा महिला जसलाई पनि हुन सक्दछ । बच्चाहरुमा एक्लै बस्न रुचाउने, एउटै कुरामा मात्र ध्यान दिने, प्रष्ट बोली नआउने, धेरै डराउने, शंका गर्ने, बारम्बार एउटै कुरा दोहो¥याउने वा एउटै काम गर्ने, स्कुल जान सधै झगडा गर्ने वा स्कुलबाट भाग्ने, भनेको अटेर गर्ने आदि मानसिक रोगको लक्षण हुन सक्छन् ।

त्यसैगरी वयस्कमा एक्लै बोल्न वा बर्बराउने, नभएको आवज सुन्ने, नभएका चीज–व्यक्ति देख्ने, निराश हुने, बेखुशी हुने, चाहिनेभन्दा बढी खुसी हुने आदि मानसिक रोगका लक्षण हुन् । त्यस्तै वृद्धावस्थामा स्मरणशक्ति धेरै घट्न, धेरै रिसाउने, शंका गर्ने मानसिक रोगका लक्षण हुन् । साथै जुनसुकै उमेर समूहमा नसाको कुलतमा फस्नु पनि मानसिक समस्या हो ।

मानसिक रोगको उपचारमा अस्पताल र संघ संस्थाहरु लागीपरे पनि सोचेजस्तो राम्रो अवस्था भने छैन । त्यसमाथि हाल कायम रहेको स्वास्थ्य संरचनामा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिइएको छैन । प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले सामान्य रुपमा मानसिक स्वास्थ्यलाई समेट्न खोजेको देखिन्छ तर त्यो अपुग छ । मानसिक स्वास्थ्यको स्थिति सबल बनाउनका निम्ति देशमा मानसिक स्वास्थ्य ऐन हुनुपर्छ र मानसिक स्वास्थ्य नीति प्रभावकारी रुपमा संचालन गर्नुपर्छ ।

साथै स्वास्थ्य सेवा विभाग अन्तर्गत छुट्टै महाशाखा स्थापना जरुरी छ, जसले मानसिक स्वास्थ्यका कार्यक्रम आपूm अन्तर्गतका स्वास्थ्य संस्थामा निर्वाद रुपमा संचालन गर्न सकोस् ।

धेरै वर्षको प्रयासपछि छिमेकी मुलुक भारतमा हालसालै ‘मेन्टल हेल्थ केयर वील’ पारित भएको छ तर त्यही अवस्था नेपालमा आउन भने वर्षौ कुर्नुपर्ने देखिन्छ । हाल नेपालमा देशको कुल जनसंख्याको २० देखि २५ प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको विश्व स्वास्थ्य संगठनले देखाएको छ ।

एकातिर मानसिक रोग भएकाको पहिचान र उपचारमा कठिनाई छ भने अर्काेतिर उनीहरुको अधिकारको रक्षा गर्न सकिएको छैन । मानसिक रोगबाट ग्रसित व्यक्तिले समाजमा स्वतन्त्रसंग बांच्न, काम गर्न, समान अधिकार उपभोग गर्न पाएका छैनन् ।

मानसिक रोग लागेकालाई छरछिमेकमा राख्दा डर हुन्छ, समाजबाट टाढा राख्नुपर्छ, विवाह गर्नु हुदैन, जिम्मेवारी दिनु हुदैन भन्ने धारणाहरुलाई पन्छाउंदै मानसिक रोगीको पुनस्थापनाका लागि सामाजिक सचेतना कार्यक्रम ल्याउनु जरुरी देखिन्छ । यसका लागि समाजले मानसिक स्वास्थ्य सेवामा खर्च गर्नु भनेको पैसाको नास होइन भन्ने बुझ्नुपर्छ ।

मानसिक रोग भएकाहरुलाई स्वतन्त्र र सम्मानपूर्वक समाजमै बस्ने व्यवस्था मिलाउनुपर्छ । मानसिक रोग भएकाहरु डरलाग्दा हुन्छन्, विश्वास गर्न नसकिने खालका हुन्छन भन्ने भ्रम चिर्न मानसिक रोग पनि अरु रोगहरु जस्तै हो र सबै मानसिक रोगी डरलाग्दा हुंदैनन् भन्ने सूचना प्रेषित गर्नुपर्छ, तबमात्रै रोग लुकाउन खोज्ने, लुकेर उपचार गर्ने प्रवितिको अन्त्य हुन्छ ।

मानसिक रोग भएका व्यक्ति र तीनको परिवारले रोग लुकाउने कारण भने सामान्य छैन, समाजले गर्ने विभेद सबैभन्दा ठूलो कारण हो । समाजमा अझैपनि मानसिक रोग भनेको कहिल्यै ठीक नहुने दिर्घ रोग हो भन्ने सोच छ । यस्तै कारणले गर्दा मानसिक रोगी घृणाका पात्र बन्ने गरेका छन् ।

त्यसमाथि उनीहरुलाई बहुला वा पागल भनी सम्बोधन गर्ने परिपाटी त झनै डरलाग्दो छ । कतिपय अवस्थामा त मानसिक रोगीहरु समाजबाट बहिष्कृत अवस्थामा पनि भेटिएका छन् । यसको कारण भने मानसिक रोग सम्बन्धि समाजमा रहेको अन्धविश्वास र चेतनाको कमी हो ।

मानसिक रोगको वायोमेडिकल कन्सेप्ट मात्र बुझाउन सकिएपनि यस्तो विभेद कम हुन्थ्यो । हाम्रो समाजमा ‘पागल’, ‘बहुला’, ‘साइको’ जस्ता शब्दहरु सारै हलुका रुपमा प्रयोग गरिन्छन्, चाहे सामाजिक सञ्जालहरुमा होस्, आपसी कुराकानी वा गीत–संगीतमा । मानसिक अस्पतालको बाटो भएर हिड्नेले ‘त्यो त पागलहरुलाई थुनेर राख्ने ठाउं हो’ वा ‘बहुलालाई उपचार गर्ने ठाउं हो’ भन्दा यो समाजमा धेरै मानिसले मानसिक स्वास्थ्य र रोगबारे राम्ररी बुझेको छैनन् र बुझ्ने प्रयास पनि गरेको छैनन् भन्ने देखिन्छ ।

यस्तै कारणले गर्दा मानसिक रोग लागेकाहरु मानसिक अस्पतालको गेट भित्र र्छिन समेत हिच्किचाउंछन् । यस्तो सोचाइ अनपढ र अबुझ मान्छेमा हुनु सामान्य नै होला तर सभ्य र शिक्षितवर्गले पनि यस्तो सोचाई राख्दा हामी मानसिक स्वास्थ्यको सवालमा कति पिछडिएका छौं भन्ने प्रष्ट हुन्छ ।

मानसिक रोगको उपचारमा विशेषज्ञता हासिल गरेका मनोचिकित्सकहरुलाई समेत यो त बहुलाको डाक्टर हो भनी नामाकरण गरिन्छ । पागलहरुलाई उपचार गर्ने डाक्टर नै साइको हुंदो हो समेत भनिन्छ । यस्तै सोचाइका कारण कुनै समय मानसिक रोग लागेर ठीक भएकाहरु पनि समाजमा निर्धक्कसंग बंँच्न र काम गर्न सकेका छैनन् ।

विवाहगर्ने उमेरका युवायुवतीमा त झनै यो रोगले ठुलो प्रभाव पार्दछ । धेरैजस्तो अवस्थामा विवाहपूर्व रोग लुकाउने गरिन्छ जसले गर्दा विवाह पछि हिंसाका घटनाहरु समेत घट्ने गरेका छन् । ‘कनभर्जन’ रोग भएका युवतीहरुलाई ‘त्यसलाई लोग्ने चाहिएको हो, विवाहगरिदिए ठीक हुन्छ’ भन्ने प्रवृति छ । सामाजले कहिले बुझ्ने कि उचित शिक्षा, राम्रो वातावरण र तनावमुक्त अवस्थामा यो रोग लाग्दैन ।

हुनत राज्यस्तरबाट पनि यस्तो विभेदको अन्य गर्न प्रभावकारी पहलकदमी भएको छैन । कडा खालका मानसिक रोगले ग्रसित भई सडकमा जीवन जीउन बाध्य भएकालाई राज्यको तर्फबाट उद्धार तथा पुनःस्थापना गर्ने काम भएको छैन ।

हालको अवस्थामा नाम कहलिएकै अस्पतालहरुमा समेत मानसिक विभाग खोल्ने र क्षमता बढाउन अदुरदर्शिता देखाएको छ । देशकै एकमात्र मानसिक अस्पतालको स्थिति पनि सन्तोषजनक छैन । मानसिक स्वास्थ्य स्थिति सुदृढ बनाउनका निम्ति प्रभावकारी नीति नियमको आवश्यकता छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत मानसिक स्वास्थ्य महाशाखा खोली अञ्चल, जिल्ला अस्पताल र अरु अस्पताल तथा मेडिकल कलेजहरुमा मनोचिकित्सा ओ.पी.डी र वार्ड राख्नु एकदमै जरुरी छ ।

त्यसबाहेक स्कुल र कलेजका विद्यार्थीहरुमा मानसिक स्वास्थ्य र रोगबारे जानकारीमुलक पाठ्यसामाग्री राख्ने, सभा–सेमिनार, रेडियो, टि.भीमा चेतनामुलक कार्यक्रम प्रसारण गर्ने गरेमा समाजको चेतनास्तर वृद्धि गर्न मद्दत पुग्थ्यो । केही हदसम्म यी विभेदका घटना र नकारात्मक सोचाइ कम गर्न सकिएमा मानसिक स्वास्थ्यप्रति न्याय हुन्थ्यो कि ?

डा. सुमन प्रसाद अधिकारी
स्नायु तथा मनोरोग विशेषज्ञ
मनोशास्त्र काउन्सिलिङ एण्ड रिसर्च सेन्टर
(साभार :हेल्थ टुडे )

लोकप्रिय

स्वतन्त्र विद्यार्थी युनियनले गर्यो जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी

रौतहट ,३ कार्तिक //स्वतन्त्र विद्यार्थी युनियनले चन्द्रपुर ६ स्थित जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्। क्याम्पस व्यवस्थापन...

अविरल वर्षाका कारण कमला नदीको पुल भासियो

सिरहा , ३ कार्तिक //केहि दिनदेखि परेको अविरल वर्षाका कारण सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । निरन्तर...

धनुषाका एक नेपालीको अमेरिकामा हत्या

धनुषा ,३ कार्तिक //अमेरिकामा व्यवासय गर्दै आएका आएका धनुषाका एक नेपालीको हत्या भएको छ ।जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर घर भएका अन्दाजी ५४...

थप शिर्षकहरु

स्वतन्त्र विद्यार्थी युनियनले गर्यो जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी

रौतहट ,३ कार्तिक //स्वतन्त्र विद्यार्थी युनियनले चन्द्रपुर ६ स्थित जन ज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्। क्याम्पस व्यवस्थापन...

अविरल वर्षाका कारण कमला नदीको पुल भासियो

सिरहा , ३ कार्तिक //केहि दिनदेखि परेको अविरल वर्षाका कारण सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । निरन्तर...

धनुषाका एक नेपालीको अमेरिकामा हत्या

धनुषा ,३ कार्तिक //अमेरिकामा व्यवासय गर्दै आएका आएका धनुषाका एक नेपालीको हत्या भएको छ ।जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर घर भएका अन्दाजी ५४...